• अनसन बसेर प्रोफेसर बन्ने प्रथा नेविसंघले अन्त्य गर्छ ।
  • विकास र समृद्धिका लागि शैक्षिक क्रान्ति आवश्यक ।
  • सबै परिवर्तन र उपलब्धीको नेतृत्व कांग्रेसले गर्यो, अब विकास र समृद्धिको भर पनि कांग्रेस नै हो ।
  • प्रदेश नं २ कमजोर छैन त्यहाँको विकासका लागि कांग्रेसको जित आवश्यक छ ।

नेपाली कांग्रेसको भातृ संठगन नेपाल विद्यार्थी संगठनका महामन्त्री कुन्दन काफ्लेसंगको कुराकानी ।


ADVERTISEMENT


प्रदेश नं २ को निर्वाचन हामी तेस्रो चरणमा गरिरहेका छौँ । यो बीचमा भएका राजनीतिक सहमतिलाई यहाँले कसरी नियालिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


विशेष गरी ६२,६३ पछि देशमा निर्वाचन हुन्छ या हुन्न भन्ने दोधारमै निर्वाचन सम्पन्न भइरहेको अवस्थामा सधैँभरी गाँठो फुकाउने नेतृत्व नेपाली कांग्रेसले गरेको छ । यसपाली पनि मुलूकको लागि राष्ट्रका लागि, समुन्नत नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो नेतृत्व फेरि नेपाली कांग्रेसले गरेको छ । यो नेपाली कांग्रेसको लागि नौलो विषयवस्तु होइन ।

कांग्रेसले यस्ता निकास दिने काम पहिले देखि नै गर्दै आएको थियो । तर जुन मधेस आन्दोलन भयो त्यो नेताको पक्षमा नभई जनताको पक्षमा हुनुपथ्र्यो । समृद्ध मधेस बनाउने पक्षमा नेपाली कांग्रेस लागेको छ । जतिखेर मधेश कमजोर भयो त्यतीखेर नेपाली कांग्रेस पनि कामजोर भएको छ । जतिखेर मधेस बलियो भएको छ वा सक्षम भएको छ । त्यतीखेर नेपाली कांग्रेस पनि बलियो र सक्षम भएको छ । त्यसकारण नेपाली कांग्रेसका नेताहरुले मधेसका विषयमा अलि बढी दुरदर्शी भएर लाग्नु पर्छ जस्तो लाग्छ ।

देशका सम्पूण राजनीति २ नं प्रदेशमा केन्द्रित भएको छ । निर्वाचनको विपक्षमा उभिएको राजपा लगायतका दलहरुपनि चुनावमा सहभागी हुँदै छन् । जसले गर्दा निर्वाचनको माहोल बनिरहेको छ । यो परिदृश्य कस्तो पाउनुभएको छ ?

यदि समृद्ध र सम्पन्न मधेश बनाउने हो भने नेपाली कांग्रेसले चुनाव जित्नु पर्छ । स्थानीय तहको निर्वाचनको बीचमा मधेसमा धेरै जटिलताहरु छन् । तराईमा सम्पन्न र विपन्न दुबै किसिमका समुदाय छन् । यसकारण त्यसको समायोजन नेपाली कांग्रेसले मात्रै गर्न सक्छ । कांग्रेसलाई विजयी गराउनु भनेको समृद्ध मधेस सम्पन्न मधेसको निमार्ण गर्नु हो ।

प्रदेशहरुको विभाजन गर्दा प्रदेश नं २ श्रोत साधनका हिसाबले अलि कमजोर भयो भनेर भनिएको थियो । प्राकृतिक स्रोत साधन तथा भौतिक विकासका दृष्टिकोणले पछाडी परेकै हो त ?

यो कमजोर होइन हाम्रो एक किसिमको पराजयको मानसिकता हो जस्तो मलाई लाग्छ । भौगालिक हिसाबले, स्रोत साधनका हिसाबले नेपालका कुनै पनि प्रदेश अन्यभन्दा कमजोर छैनन् । कतै सम्भावनातिर लागेको छन् भने कतै सम्भावना खोज्नु पर्ने छ । कतै सिजैना भइसकेका विकासहरु छन् । यी कुराहरु फरक फरक पाटाका हुन । सञ्चालनमा आएका राजमार्ग हेर्नुस वा कलकारखाना । २ नम्बर प्रदेशको भन्दा बढी कतै छैन । उर्बरभूमी पनि यो प्रदेशमा प्रशस्त छन् । त्यसैले २ नम्बर प्रदेश कमजोर छैन । पशुपति, स्वयम्भु दरवार स्क्वाएर विश्व सम्पदा सूचिमा पर्ने जानकपुरलाई किन नपार्ने ? त्यस कारण जनकपुरलाई पनि विश्व सम्पदा सूचिमा राख्नका लागि राज्य तथा स्थानीय तहले पहल गर्नु पर्छ । जसले पर्यटनमा प्रवद्र्धन गर्नु पर्छ ।

यस्ता सम्भावना बोकेका विविध ठाउँको पहिचान गरेर मधेसलाई नेपालको मात्रै होइन विश्वको नमुना बनाउन सकिन्छ । त्यहाँ सबै थोक छ ।

तर एउटा सत्य कुरा के हो भने मधेसलाई जुन हिसाबले राज्यले हेर्नुपर्ने थियो त्यहाँका अन्तर्वस्तुका विषयमा राज्यले छुट्याएको पाइन्छ । त्यसको अर्थ मधेसका जनताहरु मधेसमा देहको सीमा रक्षक भएर बसिरहेका छन् र सीमामा हुन सानोतिनो विवादमा पीडित छन् र नेपालीहरुको शिर उच्च राख्न लडिरहेका छन् ति व्यक्तिलाई शङ्का गर्नु भनेको अपराध हो ।

भर्खरै तराई क्षेत्रमा बाढीका कारण कयौँ परिवार प्रभावित भए । राहतका लागि भनेर त्यहाँ तपाईहरु जानु भएको थियो । निर्वाचन नजिकँदै गर्दा राजनीति दल तथा राज्यप्रति त्यहाँका जनताको के कस्ता अपेक्षा पाउनु भयो ?

मैँले देखे अनुसार के भन्न सक्छु भने सबै त होइन २५ देखि ३० प्रतिशत जनताले राजनीतिक दलको माग के हो भनेर पनि बझेका छैनन् । अर्को कुरा के हो भने त्यहा राजनीतिक एजेण्डाका विषयभन्दा पनि रोजीरोटीको लागि बिहानदेखि बेलुकासम्म हिँड्ने व्यक्तिहरु धेरै हुन्छन् । खाली पेटमा त समाजवाद हुन्न । खाली पेटमा त आन्दालन गर्न सकिँदैन । आधारभूत आवश्यकता त चाहियो नि । त्यो कुरामा राज्यले ध्यान दिनुपर्छ ।

विकासक्रम जुन गतिमा मधेसमा हुनुपर्ने हो त्यो गतिमा भेटिएको छैन । स्थानीय नेतृत्वसंग जनताका असन्तुष्टिका खाडल छ ।

अर्को कुरा त प्राकृतिक प्रकोपको कुरामा त्यहाँ स्थायी रुपले नहरहरु बनाउनु पर्छ । बाँधका बारेमा राज्यले ठोस अबधारणा बनाएर अगाडी बढ्नपर्छ । नत्र भने मधेस थोरै पानी पर्ने बित्तिकै डुबानमा पर्छ । चुरै संरक्षणमा राज्यले आवश्यक नीति ल्याउनु पर्छ । त्यसैले अबको स्थानीय तहको निर्वाचनमा त्यहाँका जनताले सचेत भएर भोट हाल्नु पर्नेछ । नेपाली कांग्रेसलाई जिताएका खण्डमा छरपस्ट रुपमा बाहिर आएका ती समस्याहरु सही रुपले सम्बोधन गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

निर्वाचन कै क्रममा नेविसंघ पनि २ नं प्रदेशमा पुगेको छ । विद्यार्थी संगठन कुनै ठाउँ पुग्नु भनेको शैक्षिक तथा बोद्धिकताको प्रचार पनि हो । प्रतिस्पर्धामा उत्रेका दलका उम्मेद्वार, त्यहाँका जनता र मतदातालाई के भन्दै हुनुहुन्छ ?

हामी सम्पन्नताका लागि, विकासका लागि र सही रुपले देशलाई समय सुहाउँदो रुपमा अगाडी लैजानका लागि नेपालको पहिचानलाई जोगाएर अगाडी बढ्नुपर्छ । विभिन्न जातजाती भाषा संस्कृतिको नेतृत्व गर्नका लागि, सबैलाई एकढिक्का बनाएर देशलाई विकासको बाटोमा अघि बढाउनका लागि नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान गर्न आवश्यक छ ।

दोस्रो कुरा भनेको शिक्षाका कुरा गर्दा शैक्षिक प्रणाली परिवर्तन गर्नु पर्छ । नेपाल विचित्रको छ । प्रध्यापक बन्नका लागि अनसन बस्छन् । जबकी उसले निश्चित मापदण्ड पूरा गरेमा मात्र बन्न पाउँछ । यहाँ यस्तो छ ।

सुन्दा हाँसो लाग्छ कि नेपालमा रिसर्च सेन्टर छन् तर काम नआएर सुनसान संग्रहालयजस्तो अवस्थामा छन् ।

विश्वविद्यालयले रिसर्च गर्नुपनि पर्दैन । यस्ता किसिमका शिक्षाले देश उँभो लाग्न सक्दैन ।

राजधानीमा पढ्न पाउने भनेको त सिमित व्यक्तिले हो । दुर दराजको त कुरा छोडौँ राजधानीमा पढ्ने व्यक्तिमा पनि असमानतमा छ ।

यस्ता समस्याको निराकण हामी गछौँ । सम्पूर्ण मधेस र देशैभरिका विद्यार्थी साथीहरुले हामीलाई सहयोग गर्नुपर्छ । हामी शिक्षामा परिवर्तन गरेरै छोड्छौँ ।

हामी शैक्षिक आन्दालन गर्नका लागि पनि हामीलाई कांग्रेसले नेतृत्व गरेको अवस्थामा सजिलो हुन्छ ।

जसको अनुभव यो भन्दा पहिले भइसकेको छ ।

शिक्षाको नेतृत्वको आन्दोलन पनि नेपाल विद्यार्थी संगठनले गर्छ ।

त्यसका लागि पनि रुखमा मतदान गर्न आवश्यक छ ।