काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३ सय ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यो एकैदिन निको हुनेको अहिलेसम्मकै उच्च संख्या हो । यस्तै गत २४ घण्टामा २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १४ हजार ७ सय ३९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १० लाख ४८ हजार ६ सय ८६ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ८८५ जना रहेका छन् भने २१ हजार २ सय ३४ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ११ हजार ७ सय ६० जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ४ सय ७४ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५२० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मत्यु भएको छ ।