काठमाडौँ – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । भदौ २९ गते संक्रमण पुष्टि भएका विजयले १७ दिनपश्चात बिहीबार कारोना जितेका हुन् ।


ADVERTISEMENT


संक्रमणमुक्त भएपछि विजयले नयाँ जीवनको सुरुवात भएजस्तो महसुस भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उपचालका लागि अस्पताल बसेर संक्रमण मुक्त भइ घर फर्किँदाको आनन्द बयान गर्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


‘१६ रात १७ दिनको अस्पताल बसाइ पछि हिजो बेलुकी घर फर्कदाको आनन्द बयान गर्न सक्दिन’ उनले भनेका छन्, ‘एउटा कुरा चाहिँ कस्तो अनुभुति भयो भने नया जिवनको सुरुवाती जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि !’

विजयले आफ्नो उपचारमा संलग्न चिकित्सकको टोली र सुभचिन्तकलाई धन्यवाद समेत दिएका छन् । ‘कोभिडसँगको लडाईंमा विजय प्राप्ती पछिको जीवन हो मेरो भन्ने लाग्यो । त्यसैले अब त झन देश र मेरा नेपाली दाजु भाइ दिदी बहिनीहरुको लागि समर्पित भएर जिवनमा अघि बड्नेछु’ उनले भनेका छन्, ‘तपाईंहरु सबैको माया, साथ र प्रार्थनाको कारण नया जीवन मिलेको छ, सधै आभारी रहने छु ।’

१६ रात १७ दिनको अस्पताल बसाइ पछि हिजो बेलुकी घर फर्कदाको आनन्द बयान गर्न सक्दिन! एउटा कुरा चाहिँ कस्तो अनुभुति भयो भने “…

Posted by Vijay Lama on Thursday, October 1, 2020