काठमाडौँ – बहिुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको स्वीश कम्पनी ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) जिम्मेवारीबाट पछि हटेको छ । सरकारले कम्पनीसँग सेप्टेम्बर ३० भित्र आर्थिक प्रस्ताव माग गरेकोमा कम्पनीले समयसीमाभित्र  विस्तृत आर्थिक प्रस्ताव पेस नगरी विमानस्थल निर्माण प्रक्रियाबाट पछि हटेको हो।


ADVERTISEMENT


गत पुषमा लगानी वोर्डले विमानस्थल निर्माणका लागि जुरिचलाई छनौट गरी मा एक महिनाभित्र आर्थिक प्रस्ताव पेश गर्न माग गरेको थियो । तर पछि कोरोना महामारीको कारण देखाउँदै सरकारले आर्थिक प्रस्ताव पेश गर्ने सम सेप्टेम्बर ३० सम्मका लागि थप गरेको थियो ।


ADVERTISEMENT

# # #


‘वोर्डले सेप्टेम्बरसम्मको समय दिएर कम्पनीसँग आर्थिक प्रस्ताव माग गरेको थियो तर कम्पनीले प्रस्ताव पेश गरेन,’ वोर्डका प्रवक्ता धर्मेन्द्र मिश्रले बताए ।

टेन्डर आह्वानपछि लगानी वोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढ अन्तरराष्ट्रिय एयरपोर्टका लागि विभिन्न ७ कम्पनीमध्येबाट ज्युरिच एयरपोटलाई जिम्मेवारी दिने निर्णय गरेका थिए । कम्पनीले समयमा प्रस्ताव पेश गर्दा निर्माणको काम कसरी अघि बढ्छ भन्ने अन्यौल उत्पन्न भएको छ । वोर्डका प्रवक्ता मिश्रले बोर्ड बैठकले गर्ने निर्णयअनुसार काम अगाडि बढाइने बताए।