काठमाडौँ — विवाद भएपछि यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल–हरिकला प्रतिष्ठान सोमबार एक विज्ञप्ति जारी गर्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको जानकारी दिएको हो ।


ADVERTISEMENT


प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कार घोषणापछि केही विवाद र असहज परिस्थिति सिर्जना भएकाले प्रतिष्ठानको आकष्मिक बैठकले यस वर्षको दुवै पुरस्कार रद्द गरेको बताएका छन् । कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने प्रतिष्ठानको उद्देश्य नरहेको उनले स्पष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो उद्धेश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर, लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार नलिने बताएका थिए । नैतिकताका आधारमा आफूले प्रश्रितसँग मञ्च साझा गरी पुरस्कार नलिने घोषणा गरेका थिए ।

यस्तै प्रश्रितले पनि विज्ञप्ती जारी गर्दै आफू पुरस्कार नलिने बताएका थिए ।