काठमाडौँ – उद्योगीहरुको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोराना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


ढकालले आइतवार कोरोना जाँचका लागि स्वाब परिक्षण गराएका थिए । जाँचपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताउँदै उनले आफूमा कुनै लक्षण भने नदेखिएको जानकारी गराए । सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना देखिएको जानकारी गराउँदै उनले आफू सेल्फ आइसोलेशनमा बसेको बताए । ‘केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु,’ उनले लेखेका छन् ।


ADVERTISEMENT

# # #


परिवारकै जाँच गरिएकोमा उनीबाहेक अन्य सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।