काठमाडौँ – नेपालमा नेपालमा कोरोना भाइरस ९कोभिड–१९) संक्रमण मुक्त हुनेको कूल संख्या ५० हजार नाघेको छ । आज थप ४५७ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको हुनेको दर कुलं संक्रमितको ७२.७ प्रतिशत पुगेको छ । नेपालमा आजसम्म ६९ हजार ३ सय १ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपालमा कोरोना संक्रमित शून्य हुने जिल्लाको संख्या ६ रहेको छ । यी बाहेक कूल ७७ मध्ये ७१ जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ को सोलुखुम्बु, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लाका कुनैपनि व्यक्तिमा अहिले कोरोना संक्रमण छैन ।

यस्तै ७ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन् ।

हाल २३२ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।