काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४५७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ४ सय ४९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ९ लाख ५५ हजार ९ सय २३ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् भने १८ हजार ४ सय ३७ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ९ हजार ८ सय २३ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ६ सय १४ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ५० हजार ४ सय ११ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ४५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मत्यु भएको छ ।