एजेन्सी – न्यूजील्याण्डमा अब मास्क नलगाए पनि हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण न्यून भएसँगै सरकारले मास्क लगाउनु पर्ने अनिवार्यतालाई अन्त्य गरेको हो ।


ADVERTISEMENT


बुधबार रातीदेखि लागू हुनेगरी न्यूजिल्याण्डमा कोरोनाको केन्द्र अकल्याण्ड र प्लेन बाहेकका ठाउँमा मास्क लगाउनु पर्ने नियम हटेको बीबीसीले जनाएको छ । यस्तै अकल्याण्डबाहेक अन्य ठाउँमा कोरोनाका कारण लगाइएका प्रतिबन्ध समेट हटाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि पनि कोरोना संक्रमण नियन्त्रणमा आएपछि गत जुनमा न्यूजील्याण्डको जनजीवन सामान्य अवस्थामा फर्र्किएको थियो । तर, अगस्टमा अकल्याण्डमा कोरोना संक्रमित बढेपछि पुनः प्रतिबन्ध लगाइएको थियो ।

न्यूजील्याण्डमा आजसम्म १८२७ जनामा मात्रै कोरोना पुष्टि भएको छ । जसमध्ये २७ जनाको मृत्यु हुँदा १७३७ जना निको भएर घर फर्किसकेका छन् । हाल न्यूजील्याण्डमा ६७ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो समय ३ जनामा संक्रमण देखिएको छ ।

के के हट्यो ?

७ दिनसम्म कुनै पनि सामुदायिक केस नआएपछि अकल्याण्डलाई छाडेर न्यूजील्याण्डका सबैठाउँ चार स्तरको सतर्क प्रणालीको सबैभन्दा कम ‘लेभल एक’मा फर्किएका छन् ।

यसको मतलब जनजीवन सामान्य अवस्थामा फर्किनु हो । अर्थात् अब न्यूजील्याण्डमा खेलकुद, भोज भतेर वा पार्टीहरुमा व्यक्ति–व्यक्ति बीच कुनैपनि किसिमको भौतिक दूरि समेत रहने छैन । कुनैपनि प्रतिबन्त्र बिना अब त्यहाँका जनता आफ्नो कामका लागि बाहिर निस्किन सक्नेछन् । सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने नियम अन्त्य भएको छ ।

सामुदायिक स्तरमा संक्रमण देखिएको कुनै प्रमाण फेला नपरेकाले मानिसको अनुहार मास्कले छोप्नुपर्ने अवस्था नरहेको त्यहाँको सरकारले जनाएको छ ।