काठमाडौं । नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारत सरकारले १ अर्ब ५४ करोड रकम सहयोग गरेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थसचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।


ADVERTISEMENT


भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।


ADVERTISEMENT

# # #


भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको जनाईएको छ ।

यस्तै भारतले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।ल भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा निरन्तर सहयोग गर्ने भारतले जनाएको छ ।