काठमाडौँ – नेपालमा कोरोना संक्रमण मुक्त हुने जिल्लाको संख्या ६ रहेको छ । यी बाहेक कूल ७७ मध्ये ७१ जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. १ को सोलुखुम्बु, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लाका कुनैपनि व्यक्तिमा अहिले कोरोना संक्रमण छैन ।


ADVERTISEMENT

# # #


यस्तै ७ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, र रुपन्देही रहेका छन् ।

हाल २२० जना संक्रमित आइसीयूमा उपचाररत छन् भने ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थप १ हजार ८ सय ९३ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै कारोना निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

यस्तै गत २४ घण्टामा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।