काठमाडौँ – सरकारले कोरोना नियन्त्रणका चैत ११ देखि देशव्यापी लकडाउन गरेकोमा त्यसयता फ्रस्टेशनका बिरामी बढ्दै गएका छन् । बन्दाबन्दीयता अस्पताल र मेडिकल पुग्ने अन्य रोगका बिरामीको संख्यामा ब्यापक कमी आएकोमा फ्रस्टेशनलगायत मनोरोगको समस्या लिएर पुग्ने बिरामीको संख्या बढेको छ ।


ADVERTISEMENT


नेपाल मेडिकल संघका अध्यक्ष सिताराम घिमिरेकाअनुसार ट्रमा, छाला, दुखाइ लगायत छोटो समयमा देखिने रोगका औषधिको माग मेडिकलमा पुग्नेको चाप पछिल्लो समय एकदमै न्यून छ । यद्यपि पछिल्लो समय मनोरोगसम्बन्धी औषधिको माग भने ह्वात्तै बढेको उनी बताउँछन् । ‘धेरैले रोजगारी गुमाएका छन्, महामारीको त्रास छ, त्यसैले पनि धेरै मान्छेहरु तनावमा गएका छन्,’ उनले भने, ‘जसकारण औषधिको माग हेर्दा डिप्रेशनका रोगी बढेको देखिन्छ ।’


ADVERTISEMENT

# # #


नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष एवं एशिएन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरे पनि समग्र औषधिको माग घटेकोमा मनोरोगसम्बन्धी औषधिको माग भने दोब्बर बढीले बढेको बताउँछन् । महामारीपछिको बन्दाबन्दीका कारण सर्वसाधारणमा आर्थिक र मनोवैज्ञानिक समस्या थपिएको विश्लेषण उनको छ । संघका पूर्वअध्यक्ष दीपक दाहालकाअनुसार अस्पतालमा मनोरोगसम्बन्धी परामर्श लिन पुग्नेको चाप पनि उच्च छ । ‘अस्पतालमा कोरोनाका बिरामी बढ्दै गएकाले बिरामीको चाप कम छ, तर डाक्टरहरुले मनोरोगसम्बन्धी परामर्श लिनेको संख्या बढेको बताउनुभएको छ,’ उनले भने, ‘फोनबाट पनि विभिन्न समस्याहरु मनोचिकित्सककहाँ राख्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।