काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।


ADVERTISEMENT


आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्तिबारे सुझाव, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका कुराहरुमा आधिकारिक निर्णय हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि आइतबार पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा रहेको पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् फेरबदल गर्नेबारे छलफल गरेको थियो ।