काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पूर्वमाओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा नेकपा सचिवालय बैठक बसेको हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री केपी शर्माओली पनि सहभागी रहेका छन् । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो। सचिवालय बैठकले पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुर्नगठन, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघि नेकपा सचिवालय बैठक पूर्व एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा हुन्थ्यो । तर, पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको थियो ।

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।