काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक शुरु भएको छ । पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वैठक शुरु भएको हो ।


ADVERTISEMENT


यसअघि धुम्बाराहीस्थित नेकपा केन्द्रिय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा वैठक बस्दै आएकोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारी प्रयोग गर्न पाएपछि पहिलोपटक पेरिसडाँडामा वैठक डाकिएको हो ।


ADVERTISEMENT

# # #


वैठकमा भदौ २६ गते स्थायी समिति वैठकले गरेका निर्णयहरु, प्रधानमन्त्री ओली र प्रचण्डको कार्याधिकार कार्यान्वयनको लागि मापदण्ड बनाउने, मन्त्रिपरिषद् पुर्नगठन गर्ने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । स्रोतकाअनुसार आजकै छलफलले मन्त्रिमण्डल पुर्नगठनको निर्णय पनि गर्नेछ ।

यसअघि अशोज २ गते निर्धारित सचिवालय वैठक अन्तिम समयमा स्थगित भएको थियो ।