काठमाडौँ – एनआइसी एशिया बैँकका अध्यक्ष तुलसीराम अग्रवाल प्रतिष्ठित ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभुषित हुने भएका छन् ।


ADVERTISEMENT


संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बैंकका अध्यक्ष अग्रवाललाई उक्त सम्मान प्रदान गरिने भएको हो ।


ADVERTISEMENT

# # #


पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउँदै आएको भन्दै सरकारले अग्रवाललाईं सम्मान गर्न लागेको हो ।

अध्यक्ष अग्रवाल विशाल ग्रुपका उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजका प्रबन्ध निर्देशक समेत हुन् । उनले विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा रहेर देशको औद्योगिक क्षेत्रमा काम गर्दै आएका छन् । भीजी फाउण्डेसनमार्फत अग्रवालको सामाजिक क्षेत्रमा समेत योगदान रहेको छ ।

एनआइसी एशिया बैंकले अध्यक्ष अग्रवाललाई सम्मानका लागि बधाई समेत दिएको छ ।