काठमाडौं – फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड) ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरै जसो अटोमोबाईल्सब्राण्डले यसै समयमाविभिन्न योजनाहरु ल्याउने गरेका छन् । यो वर्ष फोर्ड फेस्टिभ अफर अन्तर्गत ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्नेछन् र नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निशुल्क बीमा जस्ता नियमित लाभ लिन सक्नेछन् । गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौटगर्न सक्दछन् ।


ADVERTISEMENT


पहिलो अफरअन्तर्गत ग्राहकले बक्सबाट ३ वटा स्क्याज कार्ड छनौट गरी रु. ४,५०,००० सम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्याज कार्डमाग्यारेण्टी मूल्य रु. २५,००० रहेको र बढीमा यो रु. १,५०,००० सम्म हुनेछ । त्यसैगरी ६ महिने इएमआई अन्तर्गत ६ महीना बैंकको मासिक किस्ता छूट पाउने अफर ग्राहकले पाउन सक्नेछन् । माछापुच्छ्र्र्रे बैंकअन्र्गत कम्पनीले ग्राहकको ६ महीनाको बैंक किस्ता तिरिदिनेछ । त्यस्तै कम्पनीले स्थगित भुक्तानी अफर अन्र्तगत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ ५० प्रतिशतको डेलिभरी अर्डर लिई गाडी डेलिभरी लिनसक्नेछन् । बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महीनाको थप अवधि प्रदानगरिने अफर यस अफरमार्फत ल्याइएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीकाअनुसार यो अफर फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।