वैजयन्ती शर्मा , काठमाडौँ – दुई वर्षअघि कात्तिक पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले विजुली बसको युग शुरु भएको घोषणा गर्दै बिवाइडी कम्पनीका ५ वटा बसको उद्घाटन गरे । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महाशेठ, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्री ओली बसमै चढेर कुपण्डोलबाट सिँहदरबारसम्म आए । तर उद्घाटनको दोस्रो दिन देखि नै बस सञ्चालनमा आएनन् ।


ADVERTISEMENT


गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट लुम्बिनीसम्म सञ्चालन गर्न एशियाली विकास बैंकको अनुदानमा यी बस किनिएका थिए । विमानस्थल नबनेसम्म भने काठमाडौँ उपत्यकामै ती बस सञ्चालन गरिने घोषणा सरकारले गरेको थियो ,।


ADVERTISEMENT

# # #


एडीबीले ‘सफा लुम्बिनी सार्वजनिक यातायात योजना’का लागि नेपाल सरकारलाई गरेको रू. २९ करोड आर्थिक सहयोगमा विद्युतीय बस सञ्चालनका लागि रू. ८ करोड ७५ लाखमा पर्यटन मन्त्रालयको मातहतमा पाँचओटा बस किनिएका थिए । बस उद्घाटनपछि मन्त्रालयले बीवाइडीका बसमा त्रुटी देखाउँदै सञ्चालन गरेन । त्यसयता बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता सिमेक्स प्रालिले मन्त्रालयलाई विभिन्न समयमा पत्र लेखेको छ । ‘हामीले विभिन्न समयमा मापदण्ड जाँच्न, सरकारले नचलाए आफै चलाउन लगायतका प्रस्ताव लिएर मन्त्रालयमा गयौँ तर सरकारले यसको प्रक्रिया अघि बढाएन,’ नाम नखुलाउने शर्तमा सिमेक्सका एक कर्मचारीले बताए ।

मन्त्रालयलाई बारम्बर पत्र लेख्दा पनि मन्त्रालयले औपचारिक वार्ता नगरेको र ठेक्का तोड्ने कि बस सञ्चालन गर्ने भन्ने आधिकारिक जवाफ नदिएको उनले बताए ।

बस सञ्चालनको जिम्मेवारी पाएको साझा यातायातले त्यतिवेलै बसमा कमजोरी नभएको भन्दै बस सञ्चालन गर्ने बताएको थियो । विद्युतीय बसको मुख्य कुरा व्याट्री भएको र त्यसमा कुनै समस्या नदेखिएकाले सरकारले अनुमति दिए बस सञ्चालन गर्ने साझाले बताएको थियो । तर साझालाई बस सञ्चालनको अनुमति दिइएन ।

त्यसयता ती बस कम्पनीकै ग्यारेजमा थन्किएका छन् । गाडी सञ्चालन नगरेर थन्काएर राखेमा बिग्रिने भएकाले दुई वर्षसम्म थन्काएर राखिएका गाडीको कन्डिसन बिग्रिदै गएको कम्पनीले बताएको छ ।