काठमाडौँ – सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी.अटोमोवाईल्स प्रा.ली.ले दशैँतिहार लक्षित अफर ल्याएको छ ।


ADVERTISEMENT


‘चाड पर्व सबैको हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । यस्तै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस को प्रभावका बीच सुजुकीले आफ्ना ग्राहकहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।

सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकले मन पराउँदै आएको र यो योजनाले ग्राहकवर्ग थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंहले बताएका छन् ।