काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८७१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ४ सय ५८ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ८ लाख ९४ हजार ३ सय ७३पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ८ सय ८३ जना रहेका छन् भने १७ हजार ३ सय ८३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ८ हजार ८८ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार २ सय ९५ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१.१ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।