काठमाडौँ – सरकारले कोरोना रोकथाम एवं नियन्त्रणका लागि चैतयता गरेको लकडाउनका कारण थुप्रै मजदुर, श्रमिक र विद्यार्थीहरुलाई सडकमा पुगायो । यातायात बन्द हुने भएपछि कतिपय विद्यार्थीहरु रातारात चैतमै गाउँ फर्किए । काठमाडौँमा छुटेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले दैनिक हण्डर खानुपर्‍यो । त्यही क्रममा बुद्धिमान माझी पनि सडकमा पुग्न बाध्य भए । कोठामा बिहान साँझ छाक टार्ने अन्न नहुँदा उनी जहाँ उदार हृदय भएकाहरुले खाना बाँडिरहेका हुन्थे त्यहीँ पुगेर आफ्नो भोक मेटाउन थाले ।


ADVERTISEMENT


कमर्श पढिरहेका बुद्धिमानको बारेमा पत्रिकामा फिचर छापिएपछि देश–विदेशबाट उनलाई सहयोग प्राप्त भयो भने देशकै विभिन्न ठाउँबाट जागिरको अफर पनि आयो । मुक्तिनाथ विकाश बैंकले उनलाई जागिर दिने घोषणा गरेको छ । बैंकले आगामी आइतवारदेखि उनलाई काममा राख्ने घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै कोटेश्वर बहुमुखी क्याम्पसले उनलाई बीबीएस अध्ययनका लागि ४ वर्षको निःशुल्क छात्रावृत्ति वितरण गर्ने भएको छ । क्याम्पस प्रमुख गोविन्द कार्कीले उनलाई बीबीएस अध्ययनका लागि छात्रावृत्ति प्रदान गरिने बताए ।‘कान्तिपुुरमा छाकैपिच्छे भोकको डायरी’ फिचर पढेपछि हामीले उहाँको नम्बर पत्ता लगाएर कलेजमा बोलायौँ र उहाँलाई निःशुल्क ४ वर्ष पढाउने घोषणा गरेका छौँ,’ क्याम्पस प्रमुख कार्कीले बताए । हाल पशुपति क्याम्पसमा प्रथम वर्षमा पढिरहेका माझीलाई ट्रान्सफर ल्याए भने क्याम्पसले दोस्रो वर्षदेखि ३ वर्ष र रजिस्टेसन ल्याएर पढे भने शुरुदेखि ४ वर्ष नै निःशुल्क पढाइने जानकारी कार्कीले दिए ।