चलचित्र निर्देशक, लेखक एवं छायाँकार केशव रायमाझीले २०४१ सालमा भानु कला केन्द्रमा झागड नृत्य गरी रङेली मोरङबाट कला क्षेत्रमा प्रवेश गरे । पछि उनले भानु कलामा लामो समय काम पनि गरे । २०४२ सालमा विश्व गोपाद्धारा लिखित नाटक ‘विद्यार्थी’को मुख्य भूमिकामा देखिई नाट्य क्षेत्रमा प्रवेश गरेका उनले विभिन्न नाटकमा काम गरे । प्रताप राईको सहकार्यमा कलाकार र निर्देशकको रुपमा ‘चम्पा बाईको कोशेली’ नाटकमा काम गरे । दीपक जख्खिसहित विभिन्न हाँस्य प्रहसन पनि गरे ।


ADVERTISEMENT


नाट्यश्वर नृत्य कला केन्द्रमा आवद्ध भई उनी देशका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रममा सहभागी भए । सोही संस्थाबाट उनले विराटनगरमा ‘रसिक बूढो अन्यौलमा’ नाटक प्रहशन गरे । विराटनगरमा हिट भएपछि त्यो नाटक पगिरे । विराटनगरमा हिट भएपछि त्यो नाटक पछि काठमाडौँको नाचघरमा पनि प्रहशन गरियो । २०४४ सालमा प्रदीप दाहालको निर्देशनमा बनेको ‘म पनि देउता मान्छु’ र ‘कलियुगको बिहे’ नाटकमा उनी चरित्र भूमिकामा देखिए । जसबाट उनलाई नयाँ उचाई मिल्यो ।


ADVERTISEMENT

# # #


त्यसपछि उनले राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘यहाँको माटो, माली र बोटविरुवा’ नाटकमा काम गरे । त्यसपछि उनले चलचित्र क्षेत्रमा सानो सानो रोलमा काम गरे ।

चलचित्र क्षेत्रमा अभिनयपछि उनले २०४५ पूर्वाञ्चलको पहिलो चलचित्र ‘आधी’को निर्देशन गरे । जसले काठमाडौँमा भएको कार्यक्रममा दुईवटा उत्कृष्ट अवार्ड पनि जित्यो । ‘भाग्य रेखा’ भिडियो चलचित्रमा उनले छायाँकन र निर्देशन समेत गरे । सोही वर्ष उनले मोरङमा दामोदर जाजुसँग मिलेर भिडियो हाइभिजन हलको स्थापना गरे ।

सङ्गम फिल्ममा छायांकन गरिरहेका विनोद ढकालबाट उनले क्यामेरसम्बन्धी केही ज्ञान लिए । निर्देशक दिपक आलोक, लेखक माधव सापकोटा, रंगकर्मी सुनिल पोखरेल, लेखक नयनराज पाण्डे आदिको सहयोगमा उनले केहि टेलिचलचित्रमा काम गरे, जसबाट उनलाई नयाँ उचाइ मिल्यो ।

विभिन्न चलचित्र, नाटकहरुमा काम गर्दै उनी भोजपुरी चलचित्र ‘हमर दोस्त’। ‘दो दिनकी जिन्दगी’ लगायतका चलचित्रमा पनि काम गरे । पछिल्लो समय उनले मैथली र हिन्दी चलचित्रमा समेत काम गरिरहेका छन् ।