फाईल फोटो


ADVERTISEMENT


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिएका छन् ।


ADVERTISEMENT

# # #


आज ट्विट गर्दै प्रम ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गर्दै जन्मदिनको शुभकामना दिएका हुन् । उनले दुई देश बीचको सम्बन्धलाई बलियो बनाउन दुबैले निकट भएर काम गर्ने समेत उल्लेख गरेका छन्।

जवाफमा मोदीले ओलीलाई धन्यबाद दिँदै नेपाल र नेपालीहरुसंगको सम्बन्ध सँधै सुमधुर र अन्योन्याश्रित रहिरहने बताएका छन् ।

मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो।