काठमाडौँ – दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीको शल्यक्रिया सफल भएको छ। आइतबार उनको दायाँ हातको मुख्य शल्यक्रिया सफल भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जनाएको छ ।


ADVERTISEMENT


ग्राण्डी अस्पतालका डा. चक्रराज पाण्डे र उनको टिमले शल्यक्रिया गरेको हो । भण्डारीको स्वास्थ्य अहिले स्थिर रहेकोको बताइएको छ ।


ADVERTISEMENT

# # #


ललित गृहजिल्ला कञ्चनपुरमा गत आइतबार साँझ मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए । उनको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो। दुर्घटनापछि धनगढी र कोहलपुरमा सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकोप्टर चार्टड गरेर उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पुर्‍याइएको थियो ।

ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ ।

२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए। सन् २०१७ को विश्व क्रिकेट लिगअन्तर्गत युएईविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। पछिल्लो समय भने उनी टिम बाहिर रहेका थिए ।