काठमाडौँ – बाग्मती प्रदेश प्रहरी तालिम केन्द्रले कोरोना भाईरस कोभिड-१९ संक्रमण रोकथामका उपाय तथा उत्पन्न हुन सक्ने मनोसामाजिक समस्या विरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


केन्द्रका प्रमुख एसएसपी सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा दुधौली नगरपालिका वडा नं. १० कर्थामा उक्त कार्यक्रको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय कर्था निवासी नागरिक तथा मजदुरहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रमा एसएसपी सन्दिप भण्डारीले हालको अवस्थालाई मध्यनजर गर्दै कोभिड-१९ को संक्रमणबाट बच्नु र बचाउनु, यसबाट उत्पन्न हुन सक्ने मनोसामाजिक समस्यालाई समाधान गर्नु, नेपाल सरकार तथा नेपाल प्रहरी संगठनको नीति रहेकोले सोही बमोजिम कार्यक्रम आयोजना गरिएको बताए । भण्डारीले स्थानीय बासिन्दा तथा मजदुरहरुलाई कोभिड-१९ सम्बन्धी पूर्वसतर्कता अपनाउन, आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै आत्मबल उच्च बनाउन अनुरोध गरे ।

उनले शारीरिक व्यायाम वा परिश्रम हुने कार्य गर्न, खानपानमा ध्यान दिन, मदिरा सेवन नगर्न समेत अनुरोध गर्दै परिवारका सदस्यहरु तथा आफन्तजनहरुसंग निरन्तर सम्पर्कमा रही एकआपसमा सामिप्यता बढाई पारिवारिक सम्बन्धलाई जिवन्त राख्न, परिस्थितिलाई सहजरुपमा लिन समेत सहभागीहरुलाई सुझाव दिए ।

यस्तै डा. कैलाश कुमार बलले सहभागीहरुलाई कोभिड–१९ सर्न वा फैलन सक्ने अवस्था, यसबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरुको बारेमा विस्तृत रुपमा जानकारी गराए । उनले व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने, भौतिक दूरी कायम राख्नुपर्ने, मास्कको सही तरिकाले प्रयोग गर्नुपर्ने लगायतका विषयमा सचेत गराए ।

उक्त कार्यक्रममा सहभागीहरुको थर्मलगनद्वारा ज्वरो समेत मापन गरिएको थियो भने स्थानीय बासिन्दाहरुले यो कार्यक्रमले आफूहरुलाई सचेत गराएको, कोभिड–१९ को बारेमा धेरै कुराहरु जानकारी गराई लाभान्वित गराएको कुरा बताएका थिए ।