काठमाडौँ – नेपालमा अब मृत्यु भएका व्यक्तिहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण नगरिने भएको छ ।


ADVERTISEMENT


बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडियो ब्रिफिङमार्फत अब मृत्यु भएका व्यक्तिमा कोरोना परीक्षण नगरिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पिसिआर नगराउने निर्णय गरेको उनले बताए । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रवक्ता डा. गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’ यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए । यसअघि मन्त्रालयले लक्षण देखिएका बाहेकको कोरोना परीक्षण नगर्ने निर्णय गरिसकेको छ ।