काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६८ जना कोरोना भाइरस (कोभिड–१९)संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ४ सय ९४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ८ सय २० जना रहेका छन् भने १६ हजार २ सय ४२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार ७ सय १ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ५ सय ४१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ०६ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।