एजेन्सी – कोरोना महामारी शुरु भएपछि विश्वभर लगभग सबै क्षेत्र बन्द भएकोमा विश्वभर बन्दाबन्दी क्रमशः खुल्दै गएको छ । मनोरञ्जनको क्षेत्र भएकाले संक्रमण फैलिन सक्ने भन्दै सिनेमा हल तत्काल नखोल्ने केही देशले बताएपनि हालम्म विश्वभर ८४ देशमा भने सिनेमा क्षेत्र खुला भइसकेको छ ।


ADVERTISEMENT


चीन, कोरिया, यूके, फ्रान्स, इटाली, स्पेन, अमेरिका, यूएइ लगायत ८४ देशमा सिनेमा क्षेत्र खुला भइसकेको हो।


ADVERTISEMENT

# # #


यही क्रमममा मल्टिप्लेक्स संघ इन्डियाले भारतमा सिनेमा हल पनि सञ्चालन गर्नुपर्ने माग गरेको छ । मंगलवार विज्ञप्ति निकाल्दै संघले सरकारसँग सिनेमा हल पुनः सञ्चालनका लागि अनुमति मागेको हो ।

भारतमा कोरोना संक्रमण शुरु भएपछि सबैभन्दा पहिले बन्द भएको सिनेमा हल हाल लगभग सबै क्षेत्र खुला भइसक्दा पनि सरकारले यो क्षेत्र खोल्न पहल नगरेपछि व्यवसायीहरुले विरोध गर्दै सञ्चालन अनुमति दिन माग गरेका छन् । संघकाअनुसार लकडाउनपछि मात्रै सिनेमा हल सञ्चालकहरुले ९ हजार करोडभन्दा बढी भारतीय रुपैयाँ घाटा व्यहोरेका छन् ।