काठमाडौँ – कोभिड–१९को लकडाउनका कारण बन्द भएका होटेल, रेस्टुरेन्ट तथा ट्रेकिङ एजेन्सीहरु असोज १ गतेदेखि नै खुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी जानकारी दिएका हुन् । यद्दपी सेवा सञ्चालन गर्दा तोकिएका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


यसको अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।