काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ३ सय ७५ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ८ लाख ६१ हजार ७ सय ८० पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् भने १५ हजार ७ सय ९८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार २ सय ७५ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार १ सय ३९जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।