काठमाडौं । सरकारले आन्तरिक हवाई उडान  र  लामो दुरीका अन्तरजिल्ला सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड अपनाएर आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात समेत सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमणका नाममा गत चैत ११ गते देखि लामो दुरीका सार्बजनिक यातायात र आन्तरिक हवाई उडान ढप्प बन्दै आएको थियो । सरकारको सोमबारको निर्णयसंगै देशैभर हवाई तथा स्थलगत आवतजावत झण्डै ६ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

यद्यपी सिमा नाकाहरू भने तत्काल नखुलाउने निर्णय भएको बताईएको छ ।