झापा – प्रहरीले आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेव रहेका छन् ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी उनलाई आइतबार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका दिनेशले बञ्चरो र ढुङ्गा प्रहार गर्दा ५० वर्षीय मीराको घट्नास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।