काठमाडौँ – डा. गोविन्द केसीले १९ औँ अनसन सुरु गरेका छन् । पटकपटक अल्टिमेटम दिँदै आएका उनले जुम्लाको चन्दनाथमा सोमबारबाट अनसन सुरु गरेका हुन् ।


ADVERTISEMENT


निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध अनसन बसेको डा. केसीले जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ ।


ADVERTISEMENT

# # #


यस्तै, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग राखेका छन् । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

यस अघिका अनसनहरुमा भएका सम्झौता कार्यान्वयन नगरेकाले अनसन बस्न बाध्य भएको डा. केसीले बताएका छन् । उनले १६औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए ।