काठमाडौँ – नेपालीहरुको सबैभन्दा ठूलो चाँड दशैँ नजिकिँदै गएको छ । हरेक वर्ष दशैँमा २० लाख बढीले राजधानी काठमाडौँ छाड्ने गरेका छन् । सरकारले हालसम्म लामो दूरीको सार्वजनिक यातायात खोल्नेबारे कुनै निर्णय नगर्दा दशैँ नजिकिँदै गर्दा कोरोना महामारीका कारण सरकारले बन्द गरेको सार्वजनिक यातायात खुल्छ कि खुल्दैन भन्ने धेरैको चासोको विषय बनेको छ ।


ADVERTISEMENT


दशैँ नजिकिँदै गएपछि व्यवसायीहरुले सरकारी निकायसँगको भेट बाक्लो बनाएका छन् र यातायात खुला गर्नका लागि लबिङ थालेका छन् । यसै क्रममा नेपाल राष्ट्रिय सार्वजनिक यातायात महासंघ र तीनवटा यातायात मजदूर संगठनले बिहीवार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर अशोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालनका लागि पहल गर्न आग्रह गरे । सोही आग्रह व्यवसायीले शुक्रवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई समेत भेटेर गरे । उनीहरुले सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिए्पनि अशोज १ गतेदेखि स्वतःस्फूर्त रुपमा लामो दूरीसहितका सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।
दशैँ नजिकिँदै गरेको र लामो समयदेखि बन्द व्यवसायका कारण यातायात व्यवसायी रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेकाले अशोज १ गतेदेखि निषेधाज्ञा तोडेरै पनि सार्वजनिक यातायात चलाउने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।


ADVERTISEMENT

# # #


यस्तै विभागका महानिर्देशक हमालले दशैँका लागि सवारी साधन खुला गरिने बताए। यातायात व्यवसायी, मन्त्रालय लगायत सरोकारवाला निकायसँग यसका लागि छलफल सुरु भैसकेको उनी बताउँछन् । ‘दसैंमा सवारीसाधन खुलाउनुपर्छ, सुरक्षित हिसाबले सवारीसाधन चलाउन गृहकार्य भइरहेको छ,’ उनले बताए ।