काठमाडौँ – दशैं–तिहार नजिकिँदै गर्दा केशवराज न्यौपानेको शब्द संगीतमा चाँडबाड आउँदा बोलको लोक भाका सार्वजनिक भएको छ । रामचन्द्र चन्द र कमला पोखरेलद्वारा स्वरबद्ध लोकभाका यूट्युबमार्फत शनिबार सार्वजनिक भएको हो । हुम गैरेको निर्देशन एवं सम्पादन तथा बसन्त महर्जनको छायाङ्कन रहेको गीतको भिडियोमा अर्जुन बिक र रुबिना अधिकारीको जीवन्त अभिनय देख्न सकिन्छ ।


ADVERTISEMENT


समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उजागर गरेका छन् । समाज जतिसुकै परिष्कृत भएपनि आजका दिनसम्म आइपुग्दा समेत यहाँ हुँदा खाने र हुने खानेबीचको खाडल झनै गहिरिँदै गएको भन्दै त्यस्ता वर्गको पीडा टिपेर शब्दमार्फत व्यक्त गर्ने प्रयास गरेको न्यौपाने बताउँछन् ।


ADVERTISEMENT

# # #


मेरो आँसु झर्दा– झर्दै, जुनी–जुनी रोजी रहने, सम्झिदा मन रुन्छ जस्ता दर्जनौँ गीतका स्रष्टा न्यौपाने झण्डै एक दशकयता सांगितिक क्षेत्रमा क्रियाशिल छन् ।

 

हेर्नुहोस् भिडियोः

https://www.youtube.com/watch?v=6ELG6FbYH5o&fbclid=IwAR24q5_AprA_n75WVY9YuPb9IfHohm330KhIg4J1vv_6pD6M4UwGvJJHS-k