काठमाडौँका यी स्थानमा आज दिनभरी बिजुली काटिने


ADVERTISEMENT


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका दर्जन बढी स्थानमा आज दिनभरी बिजुली कटौती गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


कन्डक्टर फेरबदल, लाइन स्थानान्तरण लगायतका काम गर्नुपर्ने हुँदा स्वयंम्भु क्षेत्रका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतपर्ने स्वयंम्भु, अजिमा हल, सानो भ¥याङ्ग, ठूलो भ¥याङ्ग, इचङ्गु, हलचोक लगायतका स्थानमा बिजुली कटौती गर्न लागिएको हो ।

यस्तै पुल्चोक वितरण केन्द्रबाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टिपा चोक, सिद्धार्थ कलेज लगायतका स्थानको बिजुली कर्टाती हुनेछ ।

त्यसैगरी, बालाजु वितरण केन्द्रबाट प्रसारित बनस्थली, बसन्तनगर, माछापोखरी, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतको स्थानको बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

यी स्थानमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म बिजुली कटौती गर्न लागिएकोमा निर्धारित समयअघि काम सकिएमा ५ बजेअघि नै सहज बिजुली आपूर्ति हुने प्राधिकरणले बताएको छ ।