काठमाडौँ – भक्तपुरको मध्यपुर थिमीमा घरभित्रै बुवा, आमा र छोराको शव भेटिएको घटना प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


शुक्रवार साँझ ५ बजो भक्तपुरस्थित मध्यपुर थिमिमा घरभित्रै एकै परिवारका ३ जनाको शव भेटिएको थियो । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा भेटिएकोमा सदिपले श्रीमती र छोराको हत्या गरी विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


ADVERTISEMENT

# # #


दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जनाए ।