काठमाडौँ – साढे २ महीनापछि शुक्रवार सम्पन्न सत्तारुढ नेकपा स्थायी कमिटी वैठकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता भएको २ वर्षपछि एकता प्रक्रियाले पूर्णता पाउँने संकेत गरेको छ । विगत एक वर्षदेखि प्रचण्ड र ओली गूटबीच आन्तरिक द्धन्द चर्किदै आएकोमा उक्त द्धन्द उत्सर्गमा पुगेको थियो ।


ADVERTISEMENT


द्धन्द समाधानका लागि साउन ३० गते गठित समस्या समाधान सुझाव कार्यदलले भदौ ६ गते सुझाव प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमा केन्द्रित केन्द्रीय सचिवालय वैठकले भदौ १८ गते दुई अध्यक्षलाई जिम्मेवारी प्रदान गरेको थियो । सोहीअनुसार स्थायी कमिटी वैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सरकार सञ्चालन र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी सञ्चालन गर्न दिने प्रस्ताव पास गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि बुधबार दुई अध्यक्षबीच भएको छलफलबाट तयार गरिएको १५ बुँदै प्रस्ताव अध्ययनका लागि सबै स्थायी कमिटी सदस्यलाई पठाइएको थियो। त्यस क्रममा लिखित तथा बैठकमा क्रममा पनि विचारमा अन्तर्निहीत भएर सुझाव आएका थिए। र, ती सुझावलाई पनि समावेश गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त, लिलामणी पोखरेल, भीम आचार्य, माधव नेपाल, अस्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, धनश्याम भूसाल, मातृका यादव, भीम रावल, अमृत बोहोरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गरेका थिए । विचारमाथि प्रचण्डले आफू सुझावप्रति सकारात्मक रहेको विचार राखेका थिए । त्यसपछि पारित प्रस्तावअनुसार केपी ओलीले सरकारमा केन्द्रीत रहेर अगाडि बढ्ने तथा प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीगत कार्यको नेतृत्व गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

‘सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र आधारभूत महत्त्वका नीति र राष्ट्रिय महत्त्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई केन्द्रमा राखेर ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष पनि आजको बैठकले निकालेको छ,’ उनले भने, ‘त्यसो गर्दा राष्ट्रिय महत्त्वका निर्णयको हकमा सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श तथा सहमतिमा मात्रै निर्णय हुनेछ।’

त्यस्तै गतवर्ष भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने निर्णय स्थायी कमिटी वैठकले गरेको जानकारी श्रेष्ठले दिए ।