काठमाडौँ – गृहमन्त्रालयले चीनसँगको सीमा नाका ताप्लेजुङ्को ओलाङ्चुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी (बीओपी) स्थापनाका लागि स्वीकृति प्रदान गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा विओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दुई ठाउँका लागि मन्त्रालयले आज सो स्वीकृति दिएको हो । विओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेको छ । जग्गा प्राप्त हुनेवित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकारको छ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५०० चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

उक्त योजनाअनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिनेछ । हाल चीन र भारतको सीमा क्षेत्रमा १५७ स्थानमा चौकी स्थापना भइसकेको छ । चीनतर्फ ५ वटा छ । पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए । मन्त्रालयका अनुसार ५०० मध्ये पहिलो चरणमा २२१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ ।

चालु आर्थिक वर्षभित्रमा सक्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हरेक चौकीमा ३५ जना सशस्त्र प्रहरी रहन्छन् ।