काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)का कारण काठमाडौँ उपत्यकामा जारी भएको निषेधाज्ञा थप खुकुलो बनाइएको छ । बुधबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयुक्त बैठकले आज रातीदेखि लागू हुनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो ।


ADVERTISEMENT


अर्थतन्त्रलाई चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाइएको काठमाडौँका सीडीओ जनकराज दाहालले हिमालय पोष्टलाई जानकारी दिए । उनका अनुसार अब काठमाडौँ उपत्यकाभित्र जोर विरजोर प्रणालीमा चल्नदिने गरी निजी र सार्वजनिक सवारी साधनहरु खुला गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पसल, सपिङ मललगायतका व्यापार व्यवसायहरु दिन बिराएर खोल्न पाइनेछ । यस्तै सम्पूर्ण सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएका छन् । यस्तै रेस्टुरेन्टहरु पनि खुल्ने भएका छन् । तर, अर्डर गरेर खानेकुराहरु घरमा लैजानुपर्नेछ, रेस्टुरेन्टमा बसेर खान पाइने छैन । किराना पसलहरु पूर्ण रुपमा खुला हुने भएका छन् भने वर्कसपहरु पनि खुल्ने सीडीओ दाहाले हिमालय पोष्टलाई बताए ।

यस्तै अटोमोबाइल, फर्निचर व्यवसायहरु पनि सञ्चालनमा आउने उनले जानकारी दिए । तर, खुलेका सम्पूर्ण व्यवसायमा तोकिएको स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा पालना गर्नु पर्नेछ । जिल्ला प्रशासन कार्यालयले यसको नियमित अनुगमन गर्ने र पालना नभएको पाइए कारबाही गर्ने सीडीओ दाहालले बताए ।

उनका अनुसार भीडभाड, भेला, भोजभतेर महोत्सव, सेमिनार गोष्ठीहरु गर्न पाइने छैन । मन्दिर लगायतका धार्मिक स्थलहरुमा नित्यपूजामात्रै गर्न पाइनेछ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि उपत्यका प्रशासनले गत भदौ २ गतेदेखि अत्यावश्यक बाहेकका सेवा खोल्न नपाउने गरी निषेधाज्ञाको घोषणा गरेको थियो ।