काठमाडौँ – नेपाल अटोमोबाइल व्यवसायी महासंघ (नाडा)ले सुरक्षा मापदण्ड अपनाएर लकडाउन खोल्नुपर्नेमा जोड दिएको छ । सोमवार विज्ञप्ति निकाल्दै नाडाले संक्रमणबाट बच्ने सुरक्षाका उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्ने माग राखेको हो ।


ADVERTISEMENT


कोरोना भाईरसको संक्रमणको कारण देखाउँदै सरकारले भदौ चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । असार र साउनमा लकडाउन खुकुलो गरेको सरकारले पुनः भदौ ४ गतेदेखि राजधानी लगायत देशका विभिन्न भागहरुमा निशेधाज्ञा लगाएको छ । बढ्दो कोरोनाको कारण देखाउँदै सरकारले विना कुनै योजना लकडाउन बढाउँदै लैजाने रणनीति लिएकोमा अब लकडाउन थप्न नहुने धारणा नाडाको छ ।


ADVERTISEMENT

# # #


महासंघका महासचिव सुनिल रिजालले अटोमोबाइल व्यवसायीले भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्ने बताए । उनले भने, ‘बिना कुनै योजना कहिलेसम्म लकडाउन थप्ने ? के खाने ? अब हामी लकडाउनको अवेज्ञा गछौँ ।’

सरकारले बिना कुनै योजना लकडाउन थपिरहेको र अर्थतन्त्र ध्वस्त भएको बताउँदै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले लकडाउन खोल्नुपर्ने बताए । अन्य देशले सुरक्षा मापदण्ड अपनाएर लकडाउन खोलिसकेकोमा लकडाउन विकल्प नभएको उनको धारणा छ । उनले भने, ‘अब त अति भो, संसारलाई नियालौँ र काम गरौँ।’ निशेध नभई सावधानी अपनाएर बन्द खोल्नुपर्ने उनले बताए ।