काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाउँन आग्रह गरेका छन् । निजी क्षेत्रका प्रमुख तीन संगठनहरुका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कोरोनाको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि निर्देशन गर्दै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरे ।


ADVERTISEMENT


कोरोना कमजोर भाइरस भएको र यसलाई आत्मबलले परास्त गर्न सकिने बताउँदै उनले कोरोनाविरुद्धको साझा लडाईँमा सहभागी हुन निजी क्षेत्रलाई आग्रह गरे । रोगसँगै अर्थतन्त्र समेतलाई सन्तुलित गरेर अघि बढ्नु पर्ने उनको भनाइ थियो । निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई साथमा राखेर प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गरेकोमा निजी क्षेत्रका प्रतिनिधिले सुरक्षा सावधानी अपनाएर उद्योग कलकारखाना खोल्नुपर्ने माग राखेका थिए ।


ADVERTISEMENT

# # #


छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताइएको छ । यद्यपि, प्रधानमन्त्री ओलीले बन्दाबन्दीको विषयमा भने कुनै प्रतिक्रिया नजनाएको वैठकमा सहभागी एक उद्योगीले बताए ।