जीतपुर, कपिलवस्तु– मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते चौधरीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
मृतक चौधरी हाल पिपराको एक विद्यालयमा लेबर काम गर्दै आएकी थिइन् ।