काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरूले पद तथा गोपनियताका सपथ लिएका छन् ।


ADVERTISEMENT


उनीहरूले सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताका सपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश गरेका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन तथा भू संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान सपथ ग्रहण गराएकी हुन् ।

उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।

सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ । यो इतिहासकै ठूलो मन्त्रीमण्डल बनेको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर राप्रपा प्रजातान्त्रिक बनेपछि पहिलो पटक सरकारमा गएको हो।