काठमाडौँ – सरकारले अनलाइनबाट रोजगारीका लागि आवेदन लिन श्रमिक सूचना बैंकको स्थापना गरेको छ । अनलाइनबाट श्रमिक र रोजगारदाताबीच सहकार्य गराउने गरी आइतवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षको योजनाका रुपमा श्रमिक बैंक सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


रोजगारीका लागि श्रमिक बैंकको आधिकारिक वेबसाइट (www.lib.gov.np) मा गएर श्रमिकले आफ्नो बायोडाटासहित आवेदन दिन सक्नेछन् । रोजगार दाताले त्यहाँ गएर आफूलाई चाहिएको कर्मचारीको प्रकारको बारेमा राख्न सक्नुका साथै त्यहाँबाट उपयुक्त कर्मचारी छान्न सक्ने छ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले ७ सय ५३ ओटै स्थानीय तहमा यो वेबसाइटको पहुँच पुर्‍याइने बताए ।