काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो ।


ADVERTISEMENT


समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ ।


ADVERTISEMENT

# # #


कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ७.४४, विकास बैंक ०.४५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटे । यस्तै व्यापार १८.०७, होटल ०.६३, जलविद्युत् ९.३९, वित्त १.६२, निर्जीवन बीमा ९४.३, उत्पादन २६.५६, अन्य २६.१३, लघुवित्त २.३७ र जीवन बीमा २६.३२ अङ्कले बढेको छ ।

स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ३२ लाख १० हजार २३५ बराबरको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रकचर रु ११ करोड ८४ लाख ९० हजार १३०, नेको इन्स्योरेन्स रु आठ करोड ४४ लाख ५० हजार १७७ र शिवम् सिमेन्ट रु सात करोड ८९ लाख ८९ हजार ५८० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रकचर ९.७६, नेपाल पुनरबीमा कम्पनी ८.६०, सिद्धार्थ इन्स्योरेन्स ८.१८, उन्नति सहकार्य लघुवित्त ७.९८, हिमालयन पावर पार्टनर ७.६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७.६३ प्रतिशतले कमाए । त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५.१६, लक्ष्मी इक्विटी फण्ड ३.६६, मल्पिर्पस फिनान्स कम्पनी ३.५४, युनियन हाइड्रोपावर ३.५१ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाए ।