काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यस्तै २६७ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ७ सय १७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ७९७ जना रहेका छन् भने १७ हजार ५ सय १८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार ९ सय ६ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ६ सय १२ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २० हजार ८२२ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५४ प्रतिशत हो ।

कुल संक्रमित मध्ये २२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ ।