काठमाडौं – धनकुटाको राजारानीमा रहेको माउण्ट एभरेष्ट वाइनरी उद्योग तथा कम्पनीले ‘प्रिन्सेस वाइन’ बजारमा ल्याउने भएको छ ।


ADVERTISEMENT


कम्पनीले लकडाउन खुल्नेवित्तिकै वाइन बजारमा सार्वजनिक गरिने बताएको छ ।


ADVERTISEMENT

# # #


उक्त वाइन नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारहरुमा समेत पुर्‍याउन लागिएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए । किबि फल तथा अन्य फलफूलहरूको मिश्रणबाट प्रिन्सेस वाइन बनाइएको जानकारी निर्देशक बास्तोलाले दिए ।

धेरैजसो फलफूलहरुले बजारमा उचित मूल्य नपाउँदा त्यसै खेर गइरहेको अवस्थाले गर्दा पनि कृषकहरूको परिश्रमलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन शुरु गर्न लागिएको उनको भनाइ छ । फलफूलहरुको सही तरिकाले प्रयोग गरी वाइन बनाइएको कम्पनीले जनाएको छ । उक्त वाइन नेपालमा आएपछि थुप्रै कृषकहरुले रोजगारी पाउने र नेपाललाई पनि केही हदसम्म आर्थिक टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।

यो वाइन नेपालमा पहिलो कम्पनीको रुपमा स्थापना हुन लागेको अध्यक्ष बास्तोलाले दावी गरेका छन् । अहिलेको असहज अवस्थामा पनि कम्पनीले ५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको जनाइएको छ ।