काठमाडौँ – नेपाल आर्मी मुख्या जङ्घीअड्डाबाट नेपाल सेनाको भद्रकालीस्थित पेट्रोल पम्प ड्युटिमा खटिएका एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन् । आइतवार बिहान आफूले बोकेको एसएलआर राइफलले घाँटीमा गोली हाने आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


सैनिक जनसम्पर्क तथा निर्देशनालयले तनहुँस्थित रानीपोखरी घर भएका २७ वर्षीय दामोदर क्षेत्रीले  गोली हानी आत्महत्या गरेको पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। सो घटनाबारे सैनिक प्रहरीले थप अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए ।