काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघमा अध्यक्ष भवानी राणा एक्लिएकी छन् । आफ्ना पूर्बसहयोगीहरुलाई छोड्दै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समुहसंग नजिकिएकी राणा सो समुहसंग पनि टाढिएपछि एक्लो बन्न पुगेकी हुन् । राणाले महासंघमा आँफुलाई स्थापित गराउने, अध्यक्षमा जिताउने र कार्यकालभरी काँध थाप्ने पूर्बअध्यक्ष चण्डिराज ढकाल तथा उपाध्यक्ष चन्द्र ढकालपक्षलाई धोका दिँदै एकाएक गोल्छा समुहसंग मिलेर अघि बढेकी थिईन् । यो घटना महासंघमा अप्रत्यासित रुपमा देखिएको थियो ।


ADVERTISEMENT


श्रोतका अनुसार राणाको कार्यकालमा भएका अनियमितता र कमजोरीहरुको बोझ आँफुले बोक्न नसक्ने निष्कर्ष गोल्छाले निकालेका छन् । कार्यकालको अन्तिम समयमा आँफु निकट देखिएकी राणाले जिम्मेवारीमा रहँदा भए गरेका गतिबिधिहरुको अत्याधिक आलोचना भईरहेको र अख्तियारले समेत छानबिनको दायरामा पारेको बिषयले गोल्छा झस्किएका हुन् ।


ADVERTISEMENT

# # #


ढकाल समुहलाई छोड्नु र गोल्छा समुहले समेत स्वागत फिर्ता गर्नुले राणा महासंघको राजनीतिमा कसैको पनि बन्न नसकेको जिल्ला नगरका सदस्यहरु बताउँछन् ।

एक स्थायी समिति सदस्यका अनुसार राणाले नै गुट परिवर्तन गरेर पूर्व सहयोगीहरुको बिषयमा ब्यक्तिगत देखि नियोजित प्रोपोगाण्डाहरु फैलाएकी थिईन् । महासंघको बैठकमा छलफल नै नभएको र निर्णय नै नभएको बिषय बाहिर ल्याएर पूर्व सहयोगीहरुको बिषयमा अतिरञ्जना फैलाईएको थियो । यसले गर्दा पनि राणा अब ढकाल पक्षमा फेरी फर्कन समेत ढोका बन्द भएको जानकारहरु बताउँछन् ।

बिधानत् राणाको बर्तमान कार्यकाल अबैधानिक रहेको भन्दै कोरोनाको बहानामा जिम्मेवारी लम्ब्याउनु राणा स्वयम्का लागि नै हानिकारक बनिरहेको जिल्ला नगरका सदस्यहरु बताउँछन् । विविध परिस्थितिले उद्योग ब्यवशाय जटिल बनिरहँदा अग्रणी संस्था नेतृत्वको कमजोरीका कारण दिशाहिन बनिरहँदा नीजि क्षेत्रका तमाम् एजेन्डा र मुद्धाहरु अलपत्र परेका छन् ।

राणाकै कारण महासंघ र सरकारबीचको सम्बन्ध समेत टाढिएको बताईएको र बिदेशी प्रोजेक्ट तथा अन्तराष्ट्रिय सहकार्यहरु समेत रोकिएको स्थायी समिति सदस्य बताउँछन् ।

सरकारले नै हस्तक्षेप गरेर नयाँ कार्यसमितिलाई तत्काल नेतृत्व हस्तान्तरण गर्नुको बिकल्प नरहेको भन्दै महासंघमा दवाव बढिरहेको छ ।